याङ्थाङमा एसकेएमका दुई महिला कार्यकर्ता एसडीएफमा प्रवेश

प्रेस विज्ञप्ति

१५ जुलाई २०२६

आज तारीख १५ जुलाई २०२६ का दिन गेजिङ जिल्ला याङ्थाङ निर्वाचन क्षेत्रका दुईजना एसकेएम कर्मठ चेलीहरुले सत्तारुढ दल एसकेएम पार्टीलाई त्यागेर एसडीएफ पार्टीमा प्रवेश गरेका छन।

एसडीएफ पार्टीको मुख्य कार्यालय गान्तोकमा एसडीएफ पार्टीका अध्यक्षसँग भेट गरि उनिहरुले उक्त फैसला गरेका हुन। अध्यक्षसँगको भेटको क्रममा उनिहरुले बोल्दै एसकेएम पार्टीले सिक्किमलाई लथालिङ्ग र भताभुङ्ग बनाएको,ग्रामीण जनतालाई अनेकौं समस्या,दुख,संकट र आर्थिक कठिनाइमा पारेर बेहाल बनाएको दुखेसो पोखे। २०१९ अघि सिक्किममा सहकाल थियो तर २०१९ पछि यो एसकेएम सरकारले लोधर लगाएर सिक्किमा अनिकाल भित्रीएको हो भने। एसकेएमले आम जनतालाई ढाट्न छल्न,धम्क्याउन र डर देखाउन मात्र जानेको छ भन्दै १० दिनमा लिम्बु/ तामाङलाई सिट दिन्छु भन्यो त्यो ढाट्यो, चाडपर्व खर्च ५० हजार दिन्छु भन्यो त्यो ढाट्यो,बेरोजगारलाई बेरोजगारी भत्ता १० हजार दिन्छु भन्यो त्यो ढाट्यो। एसकेएमले ढाट्न मात्र जानेको छ। जनताको दुख र पीडा एसकेएम सरकारले यो ७ बर्षको अवधिमा कहिल्यै बुझेन। बरु अझ कर र महङ्गीमा सेकाएर ज्युन नै गाह्रो बनाएको कुरा नेता पवन चामलिङलाई बताए। एसकेएम सरकारमा पनि आज जे जति कल्याणकारी काम हुदैछ्न ति पनि हजुर कै नीतिले मात्र भएकोले गरीबहरुले फाइदा पाउदैछ्न। नत्र यो सरकारले जनतालाई पाहा सुकाएको जस्तो सुकाउने रहेछ भनेर दुखेसो पोखे।एसकेएम सरकाको नीतिले त धनिमात्र उक्सिएका छन चम्चे र धनीको मात्र गोजी भरिएको छ भन्दै हजुरको सरकार कालमा परिपन्च गरेर सबै जातजाति , धर्म परम्परा र लिङ्ग अनि बर्गलाई समान न्याय दिएको थियो । नारीले न्याय पाएको थियो।अनुसुचित जाति जनजाति सबैले न्याय पाएको थियो।त्यसैले अब यो बिग्रेको सिक्किमलाई हजुरको नेतृत्वले मात्र उकास्न र जोगाउन सक्ने देखेको र अनुभ्गरेकोले यो जल्दोबल्दो सत्तासीन सरकारलाई त्यागेर एसडीएफ पार्टीमा प्रवेश गर्ने निर्णय गरेका हौ उनिहरुले भने।

पार्टी अध्यक्ष श्रीमान पवन चामलिङले पनि उनिहरुको सकारात्मक फैसलालाई हार्दिक स्वागत जनाउदै सिक्किम र सिक्किमेजनताको वर्तमान र भविष्य बचाउने पार्टी एसडीएफ मात्र रहेको कुरा बताउनु भयो। सिक्किमको पहिचान ,स्वतन्त्रता र विषेश अधिकार अहिले खतरामा परिरहेको कुरा बताउदै अब सिक्किमलाई बचाउन सबै सिक्किम प्रेमी सिक्किमेले तपाईंहरुको जस्तै फैसला लिनुपर्ने आवश्यकता रहेको बताउनु भयो। आज सिक्किम ठुलो आर्थिक संकटमा परिसकेको छ।अत्यधिक ऋणको बोझले सिक्किम थलिएको छ। एसकेएम सरकार स्पस्ट योजना बनाउन बिफल छ। सिक्किमको स्पस्ट अडान राख्न विफल छ।मनपरि बजेटको धनराशि खर्च गर्दैछ यहि कारण आज सिक्किममा व्यापक भ्रष्टाचार व्यापक मौलाएको छ।गाउँघरमा सुक्को पैसा छैन तर एकमुठ्ठी सरकारका नजिकका मान्छे अरबौं र खरबौंका मालिक भएका छ्न। त्यसैले हामीले २५ बर्षमा जति गर्यौं त्यो भन्दापनि ज्यादा विकास ,शान्ति र सुरक्षा चाहने होभने छाताको चिन्नमा भोट लगाएर एसडीएफ पार्टीलाई जिताउनु पर्छ। सिक्किम र सिक्किमेली गरीब जनतालाई जिताउने र रक्षा गर्ने एउटैमात्र विकल्प एसडीएफ मात्र रहेको बताउनु भयो। प्रजातन्त्रमा जनता नै सरकार बनाउने र भत्काउने शक्ति भएकोले आफ्नो सरकार कस्तो बनाउने जनताले त्यो फैसला स्वयंमले गर्नुपर्छ भन्नुभयो। राम्रो नेता र पार्टीले सबैको भाग्य बनाउँछ र खराब नेता र पार्टीले सबैको भाग्य डुबाउछ भन्नुहुदैँ असल नेता र पार्टीलाई चिनेर सबै जनतालाई एसडीएफ पार्टीसँग जोडिन आवहान गर्नुभयो।

कृष्ण खरेल

वरिष्ठ उपाध्यक्ष प्रचारप्रसार मामिला

सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टी

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *