30
Dec
पूर्व प्रधानमन्त्रीको शोकमा डुब्यो पूर्वोत्तर भारत कोहिमा अबेर गरी प्राप्त समाचार अनुसार भारतवर्षका पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहजीको देहावसान पछी पूर्वोत्तर भारत भने गहिरो शोकमा परेको खबर छ ।प्राप्त समाचार अनुसार पूर्वोत्तर भारतका आठवटा राज्यका मुख्यमन्त्रीहरुले बेग्लाबेग्लै रूपमा जारी गरेको सूचना अनुसार उनीहरूले डा मनमोहन सिंहजीको देहावसानले एउटा युगको अन्त भएको बताएका छन ।उनीहरूले अगाडि बताएका छन कि डा सिंहको समयमा नै भारत -अमेरिका परमाणु करार भएको लगायत शिक्षाको अधिकार कानुन एवं सूचनाको अधिकार कानुन समेत पास गर्नु चानचुने कुरा होइन ।उनीहरूले बताए कि मनमोहनजीको नेतृत्वमा नै महात्मा गान्धी नरेगा जस्ता ऐतिहासिक कानुनलाई धरातलमा उतारेर देशबाट गरीबीलाई उन्मुलन गर्ने जोरदार…
