22
Oct
सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सोरेङ-च्याखुङ समष्टिमा आगामी उप-चुनाउलाई केन्द्र गर्दै चुनावी रणनीति तयार पार्न समन्वयक सभा सम्पन्न भयो। सिङलिङस्थित एसकेएम उम्मेदवार आदित्य गोलेको निवास स्थानमा सम्पन्न सभामा सोरेङ-च्याखुङको लागि पार्टीद्घारा मनोनीत चुनाउ प्रचार समितिका समन्वयक तथा विधायक सञ्जित खरेलको अध्यक्षतामा सम्पन्न भएको हो। सभामा चुनाउ प्रचार समितिका समन्वयक तथा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, मन्त्री छिरिङ ठेन्डुप भोटिया, विधायक सुदेश कुमार सुब्बा, विधायक रिक्सल दोर्जी भोटिया, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, उम्मेदवार तथा पूर्व विधायक आदित्य गोले, पार्टीका विभिन्न प्रकोष्ठको पदाधिकारीगण, पार्टीका जिल्ला कार्यकरणी समिति, सीएलसी अध्यक्ष भानु सुब्बा, सोरेङ-च्याखुङ समष्टिका जिल्ला अनि ग्राम पञ्चायतगण र पार्टीका सक्रिय कार्यकर्ताहरुको…
