16
May
साहित्यकार एडोन रोंगोंङको निधनमा सिलगडी नेपाली साहित्य संस्थानद्वारा शोक प्रकट वरिष्ठ साहित्यकार, समाजसेवी एवम् सिलगडी नेपाली साहित्य संस्थानका संरक्षक रेभरेन्ट एडोन रोंगोंङको निधनमा नेपाली साहित्य संस्थानका सदस्यहरूले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक संवेदना व्यक्त गरेको छ । संस्थानका संरक्षक प्रोफेसर घनश्याम नेपाल, साहित्यकार बिर्ख खड्ग डुवर्सेली अनि डा रिन्जी इडेन वाङ्दी लगायत संस्थानका सदस्य डा रेमिका थापा, महासचिव डा डपछिरिङ लेप्चा, सहसचिव डा भूपेन तामाङ, उपाध्यक्ष सरिता शर्मा साथै संस्थानका सम्पूर्ण सदस्यहरू रोंगोंङका अन्तिम यात्रामा उपस्थित थिए । रोंगोंङको निधनले सिलगडी नेपाली साहित्य संस्थानलाई अपूर्ण क्षति भएको छ । रोंगोंङ संस्थानमा धेरै वर्षदेखि संलग्न थिए भने संस्थानलाई उनले अतुलनीय योगदान…
