27
May
सरोज गुरुङ , साेरेङ्ग हिमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटी थर्पुले 10 औं र 12 औं श्रेणीको बोर्ड परीक्षामा सोरेङ-च्याखुङ समष्टिबाट टप्पर बन्ने विद्यार्थीलाई आज एक कार्यक्रमबिच छात्रवृत्ति प्रदान गरेका छन्। सोरेङ जिल्लाको थर्पु उच्चतर माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा बाह्रौं श्रेणीको परीक्षामा 91.2 प्रतिशत अंक प्राप्त गरि टप्पर बनेकी समीक्षा प्रधान र दसौं श्रेणीमा 92.6 प्रतिशत अंक प्राप्त गरि टप्पर बनेका थर्पु स्कुलका छात्र प्रितम शर्मालाई हेमाकर्ण-सञ्चरानी एडुकेशनल सोसाइटीले आज छात्रवृत्ति प्रदान गरेको हो। मेधावि विद्यार्थीमा शिक्षालाई लिएर थप अभिप्रेरित गर्न अनि विद्यार्थीबिच सकारात्मक प्रतिस्पर्धा र परिश्रमको भाव सिर्जना गर्न यस सोसाइटीले 2006 देखि नै सोरेङ-च्याखुङ समष्टिबाट बोर्ड परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने…
