11
Feb
प्रेस विज्ञप्ति *सिक्किम सरकारको पहल : 45 बिरामीहरूलाई उपचारका लागि पठाइयो उच्चस्तरीय अस्पताल !* *गरीब जनकल्याण प्रकोष्ठद्वारा निरन्तर स्वास्थ्य सेवा अभियान जारी !! सिक्किम राज्य सरकारले गरिब र निम्न वर्गका बिरामीहरूलाई स्वास्थ्य सेवा पुर्याउनको लागि निरन्तर प्रयास गर्दै आएको छ। यस क्रममा आज 45 जना बिरामीहरूलाई उपचारका लागि उत्तर बङ्गाल मेडिका, किन्स र नियोटिया अस्पतालहरूमा पठाइएको छ। ती बिरामीहरू मध्ये 9 जना किड्नी र 36 जना गल ब्ल्याडर पत्थरीका बिरामीहरू छन्, जसको उपचार उच्चस्तरीय अस्पतालमा गरिने छ। यो सम्पूर्ण प्रक्रिया गरीब जनकल्याण प्रकोष्ठको समन्वयमा चलिरहेको छ। प्रकोष्ठका सदस्यहरूले बिरामीहरूको स्वास्थ्य सेवामा कुनै कसर बाँकी राखेका छैनन् र उनीहरूको उपचारका लागि…
