अनुश्का राईलाई अभिनन्दन

कोहिमा /मणिपूर राज्यको इम्फाल पश्चिम जिल्ला अंतर्गत शान्तिपूर काङ्गलातोङबी निवासी सुश्री अनुश्का राई हाल आन्ध्राप्रदेशको अनन्तपूरमा सम्पन्न भएको U -17चेम्पियनसिपमा चयन भएकोमा अभिनन्दन गरेको समाचार छ ।
मणिपूरेली किरात संघ द्वारा अभिनन्दन गरेको सो साधारण समारोहमा बोल्दै संघका अध्यक्ष श्री मणिकुमार लिम्बुले भने कि मणिपूरेली गोर्खालीको लागि यो एउटा इतिहासिक कार्य हो ।
उनले अगाडि भने कि बिगतका दिनहरूमा मणिपूरेली गोर्खाहरुले आफ्नो विविध क्षेत्रमा इतिहास बनाएको कुरा विदित छ ।यस पहलमा नानी अनुश्काले पनि कदम चालेकोमा किरात संघ धेरै शुभकामना र उज्ज्वल भविस्यको कामना गर्दछ ।
मुल सचिव श्री राजेन राइले भने कि मणिपूरमा गोर्खाहरुले आफ्नो प्रतिभाको परिचय विगत देखी नदिएको होइन ।आफ्नो प्रतिभाको बलमा आज अनुश्काले इतिहास बनाएकोमा धेरै बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु ।


–डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड भारत

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *