कोहिमा हाईस्कुल दुर्गा पूजा समिति द्वारा आयोजित दुर्गा पूजा समारोह हिजो साँझबाट शुरु भएको छ ।

कोहिमा /हाईस्कुल दुर्गा पूजा समिति द्वारा आयोजित दुर्गा पूजा समारोह हिजो साझबाट शुरु भएको समाचार छ ।
प्राप्त समाचार अनुसार समितिका सचिवले भने कि पूजाको कार्यक्रम भने गत तीन तारीखबाट आरम्भ भएको हो ।हामी बिहान -बेलुका पूजा गरेर आरती गर्ने गरेको थियोे ।
उनले अगाडि थपे कि आज दुर्गा माताको मुर्तिमा प्राण प्रतिस्ठा भएको पछी आरती हुनेछ ।
उनले फेरि भने कि यस वर्ष भोलिबाट रंगारङ कार्यक्रमको लागि बिहारबाट एक जना गायिकालाई निम्तो दिएको छ ।सो कार्यक्रम हुनेछ ।
उनले अगाडि थपे कि यस वर्ष कोहिमाबाट ब्राह्मकुमारी ईश्वरीय विश्वविद्यालयबाट विशेष प्रदर्शनी लगाइने र केही कार्यक्रम गरेका छ ।जुन हाम्रो लागि विशेष महत्त्व राख्ने गर्दछ ।
उनले अगाडि भने कि गत साल जस्तो भव्य कार्यक्रम त हुन सकेको छैन फेरि पनि दुर्गामाताको आशीर्वाद अवश्य रहने छ ।
उनले अगाडि भने कि हाईस्कुल एरियाका सबै हिन्दु परिवारलाई पुजामा आएर माताको लिन आवाहन गरे साथै आगामी दशमीको दिन सम्म निरन्तर आउने र पूजा अर्चना गरेर आशिर्वाद लिने कुरा पनि राखे ।

-डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड भारत ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *