नागाल्याण्ड हर्नबिल फेस्टिवल 2024 को लागि सम्मानीय मुख्यमन्त्रीले झण्डा हल्ल्याएर गराउनुभयो सिक्किमका प्रतिनिधिहरूलाई प्रस्थान
सांस्कृतिक सहकार्य अन्तर्गत सिक्किम रहेको छ साझेदार राज्य।

सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ-गोलेले आज बिहान गान्तोकको रिज पार्कमा नागाल्याण्डको किसामा गाउँमा मनाइने हर्नबिल महोत्सवमा सहभागी हुन गईरहेका कार र बाइक रैली सहित सिक्किमी प्रतिनिधिमण्डललाई औपचारिक रूपमा झण्डा हल्याएर प्रस्थान गराउनुभयो। सांस्कृतिक सहकार्यको एक महत्वपुर्ण क्षणमा सिक्किमलाई हर्नबिल फेस्टिभल २०२४ को लागि साझेदार राज्यको रूपमा घोषणा गरिएको छ। हर्नबिल फेस्टिभल एक वार्षिक कार्यक्रम हो,जसको उद्देश्य नागा जनजातिहरूको सांस्कृतिक विरासत र परम्परालाई पुनर्जीवित र संरक्षण गर्नु रहेको छ। सिक्किम राज्यसँगको साझेदारीले पूर्वोत्तर राज्यहरू बीचको साझा विरासत र एकतालाई उजागर गर्दछ। हर्नबिल मञ्चमा सिक्किमी विरासत र परम्पराहरूको प्रदर्शन र उत्सव मनाउने अवसर प्रदान गरेको छ जसले अन्तर्राष्ट्रिय स्तरमै ध्यान आकर्षित गर्दछ। सिक्किमी प्रतिनिधिमण्डलले “राज्यको ५० वर्ष” भन्ने मूल नाराका साथ सिक्किम र यसको समृद्ध विरासतलाई उजागर गर्नेछन्। कुल सय ४४ जनाको टोलीमा स्वंय सहायता समूह (एसएचजी), बाइकर, कार र्याली टोली, सञ्चारकर्मी, सूचना तथा जनसम्पर्क विभाग, प्रेस तथा मिडिया, संस्कृति विभाग, पर्यटन तथा नागरिक उड्डयन विभाग, वाणिज्य तथा उद्योग विभागका अधिकारी तथा विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि सहभागी रहेका छन् । टोलीलाई प्रस्थान गर्न अघि मुख्यमन्त्रीले हार्दिक शुभकामना व्यक्त गर्दै उनीहरुको उत्साहजनक सहभागितालाई प्रोत्साहित गर्नुभयो। यो सहकार्य हाम्रो साझा सांस्कृतिक विरासत र हाम्रा राज्यहरूबीचको एकताको भावनाको प्रमाण हो। म सबैलाई सुरक्षित यात्रा र यस प्रतिष्ठित उत्सवमा सिक्किमको प्रशंसनीय प्रतिनिधित्वको कामना गर्दछु। मुख्यमन्त्रीले भन्नुभयो। प्रतिनिधिमण्डललाई अतिथिको सट्टा आत्मनिर्भर इकाईको रूपमा काम गर्न मुख्यमन्त्रीले प्रोत्साहित गर्नुभयो। एक साझेदार राज्यको रूपमा आयोजकहरूमाथि कुनै पनि बोझ कम गर्न र उनीहरूको राज्यको प्रभावकारी प्रतिनिधित्व गर्न पनि मुख्यमन्त्रीले प्रतिनिधिमण्डलाई आग्रह गर्नुभयो। यस अतिरिक्त मुख्यमन्त्रीले प्रतिनिधिमण्डललाई नागाल्याण्डको अनुभव र सकारात्मक अन्तर्दृष्टि सङ्कलन गर्न आग्रह गर्दै जुन राज्यको सुधारको लागि सिक्किममा लागू गर्न सकिने बताउनुभयो। यस अवसरमा पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य तथा उद्योग विभागका मन्त्री छिरिङ थेन्डुप भुटिया,विधायक तथा शहरी विकास एवं खाध्य तथा नागरिक आपुर्ति विभागका सल्लाहकार दिले नामग्याल बर्फुङपा, सिम्फेडका अध्यक्ष तेञ्जिङ दोर्जी भोटिया,अतिरिक्त मुख्य सचिव आर तेलाङ, पर्यटन तथा नागरिक उड्ड्यन विभागका प्रधान सचिव सीएस राव,सुचना तथा जनसम्पर्क विभागकी सचिव अन्नपुर्णा आले, उध्योग तथा वाणिज्य विभागकी सचिव कर्मा डी युत्सो,संस्कृति विभागका सचिव रिम दोर्जी लेप्चा, एसकेएम युवा प्रकोष्ठका राज्य स्तरीय युवा अध्यक्ष लाक्पा मोक्तान, युवा प्रकोष्ठका अन्य पदाधिकारीहरू लगायत विभिन्न विभागीय अधिकारी एवं कर्मचारीहरूको उपस्थिति रहेको थियो। यस वर्षको हर्नबिल महोत्सवले सम्बन्धलाई थप मजबुत बनाउने र भारतको उत्तरपूर्वी क्षेत्रको विविधताको उत्सव मनाउने अपेक्षा गरिएको छ। यो प्रतिनिधिमण्डल 1 देखि 10 दिसम्बरम्म महोत्सवको अवधिको लागि नागाल्याण्डमा रहनेछ।
Read This https://newspratibeemba.com/2024/11/29/22-%e0%a4%a8%e0%a5%8b%e0%a4%ad%e0%a5%87%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%aa%e0%a4%b6%e0%a5%8d%e0%a4%9a%e0%a4%bf%e0%a4%ae-%e0%a4%b8%e0%a4%bf%e0%a4%95%e0%a5%8d/
