भालेढुङ्गा साहित्यिक मञ्च याङगाङले हिजो २० दिसम्बर २०२४ का दिन भालेढुङ्गाको शिखरमा साहित्यिक गोष्ठी एवं व्यापक सरसफाई अभियान गर्न सफल बनेको छ।

भालेढुङ्गा साहित्यिक मञ्च याङगाङले हिजो २० दिसम्बर २०२४ का दिन भालेढुङ्गाको शिखरमा साहित्यिक गोष्ठी एवं व्यापक सरसफाई अभियान गर्न सफल बनेको छ।

मञ्चको मासिक प्रकरणको क्रममा यसपटक पर्यटकीय एवं धार्मिक महत्व बोकेको भालेढुङ्गा चुचुरोकै परिसरमा गएर व्यापक साफसफाई एवं भालेढुङ्गा साहित्यिक मञ्चकै प्रायोजनमा तयार पारिएको बाँसको चोयाद्वारा निर्मित कुडादानीको जडान पनि गरिएको छ। मञ्चका सल्लाहकार,समाजसेवी एवं राजनैतिज्ञ श्रीमान सि• एल गुरुङको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।

साहित्यिक एवं सामाजिक रूपबाट अत्यन्तै महत्वपूर्ण यो कार्यक्रममा भालेढुङ्गा साहित्यिक मञ्चका माननीय अध्यक्ष श्रीमान पि•एल दङ्गालको पनि सक्रिय उपस्थिति रहेको थियो। भालेढुङ्गा साहित्यिक मञ्चका सल्लाहकारगण,कार्यकारणी समितिका विभिन्न सदस्य सदस्या गण, मञ्चका वार्षिक एवं आजीवन सदस्यगण, साहित्य प्रेमी एवं समाजसेवी व्यक्ति विशेषहरूको उपस्थिति रहेको थियो।

भालेढुङ्गा साहित्यिक मञ्चको कार्यकारणी समितिको साहित्य प्रकोष्टकी उपाध्यक्ष श्रीमती गीताश्री शर्माले सञ्चालन गरेको कार्यक्रममा विभिन्न स्रष्टाहरुले मौलिक कथा, कविता, मुक्तक एवं बाल गित वाचन गरेका थिए। डा• के• एल• दवाडी, श्रीमान प्रह्लाद दवाडी, श्रीमती लिला भट्टराई, श्रीमान होमनाथ नेपाल, पद्म भट्टराई, श्रीमान विष्णु भण्डारी, श्रीमान अनिल दवाडी, श्रीमान आलोक गुरुङ, श्रीमान तुल्सी पोख्रेल, श्रीमान दिलकुमार खाती र श्रीमान लोचन भण्डारीले क्रमैसँग रचना वाचन गरेका थिए।भालेढुङ्गा परिसर मै अवस्थित एउटा चौरमा आयोजित सो प्रकरणमा मञ्चका अध्यक्ष श्रीमान पि•एल• दङ्गालले भालेढुङ्गाको किम्बदन्ती एवं पौराणिक तथ्य माथी चर्चा गर्नु भएको थियो भने सदस्य श्रीमान टि• बि• भण्डारीले आफ्नो मन्तव्य राख्नुभएको थियो। सभाध्यक्षले आफ्नो सम्बोधन राख्ने क्रममा भासामले याङगाङको साहित्यिक परिप्रेक्ष्यमा पुर्‍याएको योगदानको उल्लेख गर्दै मुग्ध कण्ठले प्रसंसा गर्नु भयो।

कार्यक्रममा मञ्चका कोशाध्यक्ष श्रीमान टि• पि• गौतमले कृतज्ञता ज्ञापन गरेर औपचारिक ढंगमा समापन गर्नु भयो।उल्लेखनीय छ, भासामको लोवर राङगाङ स्थित कार्यालयमा मञ्चको साहित्यिक प्रकोष्टकी उपाध्यक्षा श्रीमती गिताश्री शर्मा द्वारा प्रायोजित नागरिक सुचना पटको विधिवत रूपमा जडान पनि गरियो।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *