पूर्व प्रधानमन्त्रीको शोकमा डुब्यो पूर्वोत्तर भारत कोहिमा

पूर्व प्रधानमन्त्रीको शोकमा डुब्यो पूर्वोत्तर भारत कोहिमा

अबेर गरी प्राप्त समाचार अनुसार भारतवर्षका पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहजीको देहावसान पछी पूर्वोत्तर भारत भने गहिरो शोकमा परेको खबर छ ।प्राप्त समाचार अनुसार पूर्वोत्तर भारतका आठवटा राज्यका मुख्यमन्त्रीहरुले बेग्लाबेग्लै रूपमा जारी गरेको सूचना अनुसार उनीहरूले डा मनमोहन सिंहजीको देहावसानले एउटा युगको अन्त भएको बताएका छन ।उनीहरूले अगाडि बताएका छन कि डा सिंहको समयमा नै भारत -अमेरिका परमाणु करार भएको लगायत शिक्षाको अधिकार कानुन एवं सूचनाको अधिकार कानुन समेत पास गर्नु चानचुने कुरा होइन ।उनीहरूले बताए कि मनमोहनजीको नेतृत्वमा नै महात्मा गान्धी नरेगा जस्ता ऐतिहासिक कानुनलाई धरातलमा उतारेर देशबाट गरीबीलाई उन्मुलन गर्ने जोरदार प्रयास गरेको थियो ।उनीहरूले अगाडि बताए कि एउटा चर्चित अर्थशास्त्री भएका नाताले पनि सिंहले जीएसटी जस्तो गतिलो एवं भरपर्दो कानुन ल्याएर पनि उनले बिचौलियाबाट आजादी दिने महान कार्य गरेका छन ।स्मरण रहोस पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहजीको गत २५ दिसम्बरको दिन दिल्लीको एम्समा निधन भएको थियो ।तसर्थ आगामी एक जनवरी २०२५ सम्म देश शोकमा रहनेछ भने कुनै पनि सरकारी समारोह एवं कार्यक्रमको आयोजना भने नगरिने बताएको छ ।

–डा हरिमोहन पोखरेल कोहिमा नागाल्याण्ड

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *