मणिपूरले गर्‍यो नव नियुक्त राज्यपाललाई स्वागत

मणिपूरले गर्‍यो नव नियुक्त राज्यपाललाई स्वागत

कोहिमा /गत केही दिन अगाडि नै महामहिम रास्ट्रपति श्रीमती द्रौपदी मुर्मु द्वारा केही राज्यमा नव नियुक्त राज्यपालहरुको नियुक्ति गरेको थियोे ।सोही अनुरुप मणिपूर राज्यमा पनि श्री अजय कुमार भल्लालाई राज्यपालको रूपमा नियुक्ति गरेको खबर छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार हिजो उनको स्वागत समारोहमा बोल्दै मुख्यमन्त्री एन विरेनले भने कि मणिपूर राज्यको स्थिति भने अहिलेसम्म संतोषजनक छैन फेरि पनि समस्याको समाधान भने आउने समयमा अवश्य पनि हुन सक्छ।
उनले अगाडि थपे कि निवर्तमान राज्यपाल द्वारा पनि सक्दो प्रयास नगरेको होला फेरि पनि नव नियुक्ति भएका राज्यपाल द्वारा अगाडि प्रयास जारी रहनेछ अनि राज्यले विकासको मार्गमा अग्रसर हुनेछ ।
आफ्नो सम्बोधनमा बोल्दै नव नियुक्त राज्यपालले भने कि मणिपूर राज्यमा शान्ति एवं विकासको लागि सक्दो प्रयास रहनेछ ।
उनले अगाडि थपे कि सरकार संग मिलेर विकासको लागि काम गरिनेछ ।
स्मरण रहोस मणिपूर राज्यमा हाल सम्म अनुशुया सुकी राज्यपाल रहेकी थिइन।


-डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *