मणिपूर राज्यका मुख्यमन्त्री बने नयाँ एयर कनेक्टिविटीमा सहभागि

मुख्यमन्त्रीले गरे नयाँ एयर कनेक्टिविटीमा सहभागिता

कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले हिजो इम्फाल -कोलकाता -इम्फालको नयाँ उडान सेवाको प्रारम्भ गर्दै राज्यमा नयाँ एयर कनेक्टिविटीको शुभारम्भ भएको खबर छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उनले इम्फाल -दिमापुर-इम्फाल लगायत अन्य सेवाहरु पनि दिनमा र साझमा शुरु गरेको कुरा बताएका छन ।
कार्यक्रममा उनले भने कि धेरै लामो समय देखि हामीले पर्खेर बसेका थियो ।फेरि पनि केन्द्र सरकारले गरेको पहलको स्वागत गर्नुपर्ने हुन्छ ।
उनले अगाडि भने कि इम्फाल हवाई अड्डालाई अन्तर्राष्ट्रिय स्तरमा ल्याउने प्रयास भने सरकारको जारी नै छ ।
उनले अगाडि थपे कि सरकारको नयाँ पोलिसी अन्तर्गत भने कार्यान्वयन भने अब समय नलाग्ने कुरा पनि गरेका छन ।
स्मरण रहोस मणिपूरमा नयाँ एयर कनेक्टिविटीले धेरै नै बदलाव आउन सक्ने आशा गरिन्छ ।


–डा हरिमोहन पोखरेल
कोहिमा नागाल्याण्ड।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *