माझिटार एसएमआईटी (SMIT) होस्टेलमा आठौं तलाबाट खसेर बीटेक (B-Tech) प्रथम वर्षकी छात्राको मृत्यु

सिक्किमको पाकिम जील्ला अधिनस्थ रम्फू नजिक माझिटारको सिक्किम मणिपाल इन्स्टिच्युट अफ टेक्नोलोजी (SMIT) बाट एउटा दुखद घटना प्रकाशमा आएको छ ।
SMIT मा अध्ययनरत असमकी बीटेक सीएसई (CSE) प्रथम वर्षकी एक छात्रा गर्ल्स होस्टेलको 4 नम्बर बिल्डिङको 8 औं तलाबाट खसेर मृत्यु भयो ।
पुलिस अधिकारीहरूले घटनाबारे अनुसन्धान गरिरहेका छन् सुत्रले बताएको छ । घटना वरपरका परिस्थितिहरूको छानविन भैरहेको छ, अनुमानित हिसाबले यस घटनालाई आत्महत्या हो भन्न सकीन्छ यद्यपि घटनाको सही कारण अझै स्पष्ट भएको छैन ।
स्मरण रहोस गत वर्ष पनि यसै शैक्षिक संस्थानका बीटेक सीएसई चौथो वर्षका विद्यार्थीले सोही होस्टेलको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका थिए। घटनाले क्याम्पसमा शोकको माहोल छाएको छ ।
