सिक्किम सरकारको पहल : 45 बिरामीहरूलाई उपचारका लागि पठाइयो उच्चस्तरीय अस्पताल ।

प्रेस विज्ञप्ति

*सिक्किम सरकारको पहल : 45 बिरामीहरूलाई उपचारका लागि पठाइयो उच्चस्तरीय अस्पताल !*

*गरीब जनकल्याण प्रकोष्ठद्वारा निरन्तर स्वास्थ्य सेवा अभियान जारी !!

सिक्किम राज्य सरकारले गरिब र निम्न वर्गका बिरामीहरूलाई स्वास्थ्य सेवा पुर्‍याउनको लागि निरन्तर प्रयास गर्दै आएको छ। यस क्रममा आज 45 जना बिरामीहरूलाई उपचारका लागि उत्तर बङ्गाल मेडिका, किन्स र नियोटिया अस्पतालहरूमा पठाइएको छ। ती बिरामीहरू मध्ये 9 जना किड्नी र 36 जना गल ब्ल्याडर पत्थरीका बिरामीहरू छन्, जसको उपचार उच्चस्तरीय अस्पतालमा गरिने छ।

यो सम्पूर्ण प्रक्रिया गरीब जनकल्याण प्रकोष्ठको समन्वयमा चलिरहेको छ। प्रकोष्ठका सदस्यहरूले बिरामीहरूको स्वास्थ्य सेवामा कुनै कसर बाँकी राखेका छैनन् र उनीहरूको उपचारका लागि सबै आवश्यक कदमहरू चालिरहेका छन्। यस अभियानको मुख्य उद्देश्य गरिब र निम्न वर्गका बिरामीहरूलाई उपचारका लागि सहज पहुँच पुर्‍याउनु हो। सिक्किमका सम्माननीय मुख्यमन्त्री श्री प्रेम सिंह तामाङको मार्गदर्शन र निर्देशनमा यो अभियान निरन्तर रूपमा अगाडि बढिरहेको छ। मुख्यमन्त्रीको सकारात्मक दृष्टिकोण र उदार भावनाका कारण गरिब समुदायका बिरामीहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नका लागि यो विशेष पहल गरिएको हो। मुख्यमन्त्रीको सक्रियता र समर्पणले सिक्किमका नागरिकहरूको जीवनस्तर सुधार गर्नका लागि ठूलो योगदान पुर्‍याइरहेको छ। जनकल्याण प्रकोष्ठका प्रमुख संयोजक मनोज लामा, योजना सल्लाहकार दिपेश भण्डारी, चिकित्सा संयोजक दिपक गौतम लगायत सिलगुडी को तीनवटा अस्पतालमा कार्यरत प्रकोष्ठका समन्वयक लिना राई ,दिव्या पराजुली , रेनु गुरुङ अन्य सदस्यहरूले पनि बिरामीहरूको स्वास्थ्य व्यवस्थामा नियमित निगरानी राख्दै उपचार प्रक्रियालाई तीव्र गति दिएका छन्। प्रकोष्ठका सदस्यहरूले बिरामीहरूको उपचारमा कुनै कसर बाँकी नराखी उनीहरूको उपचारलाई प्राथमिकता दिइरहेका छन्।

यसअघि पनि प्रकष्ठले सयौँ बिरामीहरूलाई उपचारका लागि उच्चस्तरीय अस्पतालमा पठाइसकेको छ। आज पठाइएका बिरामीहरूलाई पनि उत्कृष्ट चिकित्सकीय उपचार प्राप्त हुनेछ र यसले सिक्किमका गरिब जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ। साथै, मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ र जनकल्याण प्रकोष्ठका प्रमुख संरक्षक प्रभाकर गोलेप्रति बिरामी र उनका अभिभावकहरूले आभार प्रकट गरेका छन्। उनीहरूले सरकारको यो पहलको उच्च सराहना गर्दै आगामी दिनहरूमा पनि यस्तो सहयोगात्मक कार्य निरन्तर जारी रहने विश्वास व्यक्त गरेका छन्।

नवीन दाहाल

अध्यक्ष, सोसियल मिडिया

सिक्किम क्रान्तिकारी मोर्चा।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *