69 औं बाहिनी सशस्त्र सिमा बल (SSB) को सहकार्यमा ताजामा सम्पन्न भयो नागरिक जनकल्याण कार्यक्रम

69 औं बाहिनी सशस्त्र सिमा बल (SSB) को सहकार्यमा ताजामा सम्पन्न भयो नागरिक जनकल्याण कार्यक्रम

सशस्त्र सिमा बल 69 बाहिनी (SSB) ले पाकिम जिल्ला अधिनस्थ ताजा निम्न माध्यामिक विद्यालयमा नागरिक जनकल्याण कार्यक्रम नाम दिँदै एक मैत्रीपूर्ण भलिबल खेलको आयोजना गर्यो ।

कार्यक्रम अवधि अम्बा ताजा प्रादेशिक क्षेत्रकी जिल्ला पंचायत डाक्टर सुभद्रा दंगाल मुख्य अतिथिका रुपमा उपस्थित थिइन् ।
69 बाहिनी सशस्त्र सिमा बलका कमान्डेण्ट अमित सिंह,
विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, स्थानीय भेकका पूर्व सैनिकहरु, पंचायत लगायत स्थानीय नागरिकहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको मुख्य आकर्षणका रुपमा रहेको भलिबल प्रतियोगितामा चार टोली मामरिङ, अम्बा, ताजा र कपुथाङका खेलाडीहरुले भाग लिएका थिए ।
जसमा ताजाले 2-0 को अन्तर सहित कपुथाङ टिमलाई पराजित गरि बिजेता सावित बन्यो भने कपुथाङले उपविजेताको ट्रफी लिन सफल बन्यो ।

जीतपछि विजयी एवम् उपविजेता टोलीलाई 69 बाहिनीका तर्फबाट ट्रफी, म्याडल, भलिबलजर्सी एवम् खेल सामाग्रीहरु प्रदान गरिएको थियो ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *