कला एवम् संस्कृति विकास परिषद्ले ताक्छाङ प्राथमिक विद्यालयको प्रेक्षालयमा तुलसी काश्यप स्मृति जयन्ती पालन गर्यो ।

कवि पुजा छेत्री प्रतिभा प्रेरणा पुरस्कार २०२५ ले सम्मानित

ताक्छाङ, पाकिम सिक्किम: 2 मार्च 2025

पाकिम जील्लाको ताक्छाङमा स्थापित कला एवम् संस्कृति विकास परिषद्ले ताक्छाङ प्राथमिक विद्यालयको प्रेक्षालयमा तुलसी काश्यप स्मृति जयन्ती  पालन गर्यो ।
कार्यक्रम अवधि ताक्छाङ गाउँ कै छोरी कवि पुजा छेत्रीलाई प्रथम प्रतिभा प्रेरणा पुरस्कारले सम्मानित गरियो।
प्रतिभा प्रेरणा पुरस्कारमा कदरपत्र, दोसल्ला एवम् नगदराशी पनि प्रदान गरिएको थियो ।

सिक्किम राज्यका मुख्यमन्त्रीका प्रधान सचिव तथा साहित्यकार डाक्टर शंकरदेव ढकालको मुख्य आतिथ्यमा रहेको कार्यक्रममा मुख्यमन्त्रीका गोपनीय सहायक श्री उर्गेन लेप्चा, तुलसी कश्यप प्रतिष्ठान, सिक्किमका प्रतिनिधिहरु, साहित्यिक युवा बराल अनन्त, बाल साहित्यकार तुलसी घिमिरे, पाकिम बन विभागिय अधिकृत बालकृष्ण धमाला, प्रधानाध्यापक आई एल दुलाल, सरिता शर्मा, सेवानिवृत्त प्राचार्य आर पी खनाल, सेवानिवृत्त प्रधानाध्यापक पि आर भट्टराई आदि कार्यक्रममा विशिष्ट अतिथि रहेका थिए ।

श्रोत वक्ताको रुपमा प्राध्यापक डाक्टर गीता निरौलाले महाकवि तुलसी कश्यपको व्यक्तित्वको परिचय गराइन् ।

सिक्किमे समाजलाई साहित्यिक एवम् सामाजिक क्षेत्रमा योगदान पुर्याउन सफल व्यक्तित्व कार्यक्रमका मुख्य अतिथी डाक्टर शंकरदेव ढकाललाई कला एवम् संस्कृति विकास परिषद् ताक्छाङले दोसल्ला ओढाएर अभिनन्दन एवम् सम्मान जनायो ।
साथै मुख्यमन्त्रीका गोपनीय सहायक श्री उर्गेन लेप्चालाई पनि ताक्छाङको नवगठित परिषद्ले दोसल्ला सहित अभ्यर्थना पत्रका साथ सम्मान गर्यो ।

कार्यक्रममा विविध साँस्कृतिक नृत्य, बालन संगिनी, मारुनी, श्लोक दोहोरी, लेप्चा नृत्य, कविता वाचन तथा गजल वाचन आदि समावेश गरिएकाे थियाे ।

पारम्परिक सांस्कृतिक बालन नृत्यमा नविनपन थप्न र बालनको चित्रण नेपाली समाज साथै सिक्किमे समाजमा पहिचान प्रवर्धन गरि  ल्याउनु पर्ने आवश्यक रहेको मुख्य अतिथी डाक्टर शंकरदेव ढकालले बताए ।

रचनावाचनका क्रममा बाल कवि रोशनी बास्तोला, प्रशन्ना घिमिरेले कविता सुनाएका थिए भने। गजलगो मुक्ति घिमिरेले दुईवटा गजल वाचन गरेका थिए । यस्तै प्रकारले तुलसी कश्यप प्रतिष्ठान सिक्किमका प्रतिनिधि ज्ञानेन्द्र अधिकारीले ‘बा’ शिर्षकको कविताले सबैलाई मनोरंजन गराए। गजलकार डिल्लीप्रसाद अधिकारीले गजल पस्केका थिए । यसैगरी प्रतिभा प्रेरणा पुरस्कारले पुरस्कृत पुजा छेत्रीले पनि मिठो कविता वाचन गरेकी थिइन् ।

जिल्ला पंचायत डाक्टर सुभद्रा दंगालको स्वागत सम्बोधन अनि दिपप्रज्वलनका साथ सुरु भएको कार्यक्रममा कला एवम् संस्कृति विकास परिषद् ताक्छाङका अध्यक्ष बालकृष्ण दंगालले संस्थान बारे सभालाई जानकारी गराए ।

सम्पूर्ण कार्यक्रमको संचालन रुद्र दुलालले गरेका थिए भने टेकनाथ कोइरालाले धन्यवाद ज्ञापन पस्केका थिए ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *