बियाडले शब्द कृषकहरुलाई गर्यो सम्मान ।

बियाडले शब्द कृषकहरुलाई गर्यो सम्मान ।

पाकिम जील्लाको बिरिङमा स्थापित बियाड युवा साहित्यिक संस्थानले हिजो पाकिम बजार नजिक रहेको सामुदायिक भवनको प्रेक्षालयमा आफ्नो चौथो स्थापना दिवस पालन गर्यो ।

स्थापना दिवसको अवसर पारेर प्रतेक वर्ष प्रदान गरिने चारवटा पुरस्कारहरु साहित्य एवम् पत्रकारितामा अनवरत रुपमा योगदान पुर्याउने साहित्य एवम् पत्रकारलाई सम्मान जनायो ।

कार्यक्रममा वरिष्ठ साहित्यिक अध्येता कमल कुमार काफ्ले सभाध्यक्षका रुपमा उपस्थित थिए भने , वरिष्ठ पत्रकार एवम् प्रेम कल्ब अफ सिक्किमका अध्यक्ष भीम रावत मुख्य अतिथिका रुपमा उपस्थित थिए ।
विशिष्ट अतिथिहरुमा पाकिम जील्ला उपाध्यक्ष श्रीमती प्रभा प्रधान, अम्बा ताजा प्रादेशिक क्षेत्रकी जिल्ला पंचायत डाक्टर सुभद्रा दंगाल, बिरिङ सुदुङलाखा प्रादेशिक क्षेत्रकी जिल्ला पंचायत रन्जना रसाईली, पाकिमका अतिरिक्त जिल्लापाल (विकास) श्री रविन सेवा, खण्ड विकास अधिकारी श्री साङ्गे तामाङ, अम्बा ग्राम पंचायत इकाइकी सभापति सुश्री अन्जना थापा, बिरिङ तारेथाङ ग्राम पंचायत इकाइकी सभापति रन्जना प्रधान, पंचायत डि बि छेत्री, अवकाश प्राप्त प्राचार्य आर पी खनाल, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, साहित्यप्रेमी, सर्जक लगायत प्रेस कल्ब अफ सिक्किमका पत्रकारहरुको उपस्थिती रहेको थियो।

कार्यक्रम अवधि वरिष्ठ साहित्यकार एवम् समालोचक, गजलगो श्री डिल्लीप्रसाद अधिकारीलाई बियाड साहित्य सेवा सम्मान द्वारा विभूषित गरियो भने, नारी साहित्यकार, वरिष्ठ कथाकार, उद्घोषिका उषा शर्मालाई बियाड शारदा सम्मान, बालिका तेजस्वी शर्मालाई बियाड बाल प्रतिभा सम्मान र साहित्यकार एवम् पत्रकार अर्जुन यावालाई बियाड प्रतिबिम्ब सम्मान द्वारा विभूषित गरियो । यसैगरी बारिङ गाउँमा बिभिन्न विकासोन्मुख कार्य गरे बापत सिटिजन फाउन्डेसन एनजीओ र कन्चन कल्ब बिरिङलाई अभिनन्दन जनाईयो ।कार्यक्रम अवधि पत्रकार, समालोचक एवम् कवि प्रविण खालिङले रामायण देखि एआई सम्म शिर्षकमा एउटा रोचक वार्ता प्रस्तुत गरेका थिए ।कार्यक्रममा काव्य गोष्ठी अन्तर्गत बाल, युवा र प्रौढ कविहरुद्वारा कविता, गजल, मुक्तक एवम् गीत प्रस्तुत गरिएको थियो ।

कविहरुमा
के एन कश्यप
एल डी अधिकारी
टेकनाथ घिमिरे
अलख नारायण दङ्गाल
टिकाराम दाहाल
अनुकल्प तामाङ्ग
कृष्णा कृति
मुक्ति घिमिरे
सुमन मिश्र
सुशन प्रधान
अमर बानियाँ ‘लोहोरो’
निर्मल श्री
मोहन गौतम
एन बी घिमिरे लगायत
चिया कविता, गान्तोक
नेपाली साहित्य परिषद्, गान्तोक
सृजनात्मक वैचारिक मञ्च, रुम्तेक
साहित्य कला समाज, रिनाक
संस्कृति मन्थन रिनाक, आरिटार
सिक्किम प्रतिभा प्रतिष्ठान, पाकिम
अभियान साहित्य समूह राङ्का आदिबाट आएका प्रतिनिधि कविहरुले आज आफ्ना कविता वाचन गरेका थिए ।

कार्यक्रम अवधि सास्कृतिक दोलख, संगीनी र मारुणी नृत्य मन्चन गरिएको थियो । चेतन छेत्रीले एकल गीत पनि प्रस्तुत गरेका थिए।

बियाड युवा साहित्यिक संस्थानका संयोजक युवा बराल ‘अनन्त’ को स्वागत सम्बोधन सहित श्रीगणेश भएको कार्यक्रममा तुलसी घिमिरे कश्यप र बिष्णु के सीले कार्यक्रम संचालन गरेका थिए भने पवन बाहुनले संस्थानको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *