ग्रीन डेल क्षेत्रमा रहेको भाडाको कोठाबाट एक महिलाको शव रहस्यमय परिस्थितिमा फेला ।
गान्तोक, सेप्टेम्बर ८: राजधानी गान्तोकको ताँदोङग्रीन डेल क्षेत्रमा रहेको भाडाको कोठाबाट आज एक महिलाको शव रहस्यमय परिस्थितिमा फेला परेको छ।
प्रारम्भमा पहिचान हुन नसकेकी ती मृतक महिलाको पहिचान पछि लिङ्दोक निवासी हिमा देवी छेत्रीको रूपमा गरिएको पुलिसले जनाएको छ।शव फेला पार्ने क्रममा कोठाभित्र जायेद अन्सारी नामका एक पुरुष भेटिएका थिए, जसलाई हाल पुलिसले नियन्त्रणमा लिइएको छ।
पुलिस स्रोतका अनुसार घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ, जसमा हत्या भएको आशंका पनि समावेश गरिएको छ। यसबारे थप छानबिन जारी रहेको बताइएको छ।
