१० सितम्बर २०२५ को दिन एसडीएफ पार्टीको एउटा जरुरी सभा गान्तोक तथा पाक्योङका वरिष्ठ उपाध्यक्ष( प्रभारी बिजय प्रधानको अध्यक्षतामा पार्टी मुख्यालयमा सम्पन्न भयो।
सभाले निम्न प्रस्ताव हरुलाई जन- हितका पक्षमा पारीत गरेको छ।
१. बिजुली बत्तिको अनियमिता र जनताले भोग्नुपरेको कठिनाई
उक्त प्रस्तावका सम्बन्धमा गहन छलफलपछि पुर्व एसडीएफ सरकारले ग्रामीण भेगका जनतालाइ २०० युनिट निशुल्क बिजुली दिदै गरेमा अहिले उक्त बिजुली जनताले खपत गरेको बिजुलीको विलमा अत्यधिक बढेर आउदै गरेको छ।बिजुलीबत्ती अनियमित छ। १५ दिन आउँछ १५ दिन आउदैन तर विलभने नियमित जस्तै बढेर आउने गरेको छ। यस्तो अवस्थाले जनतालाई अत्यधिक मार्का परेको छ।तसर्थ आजको सभाले सरकारको यस्तो गरीब बिरोधि नीतिको घोर बिरोध गर्दै सरकारलाई तुरुन्तै पहिलाको सरकार जस्तै नीति र कार्यरुप लागू गर्न जोड्दार माग राख्दछ।
प्रस्ताव २
गान्तोक तथा पाक्योङ प्रभारी बिजय प्रधानले टेलिफोन मार्फत बिभागीय अधिकारीलाई यश समन्धमा सिकायत चढाएकोमा धन्यवाद प्रदान गर्यो। साथै अझैपनी विभागले जनताको गुनासो नसुने बिभागीय सचिवलाई सिकायत पत्र बुझाउन उनको कार्यालय जाने प्रस्ताव पास गरेको छ
प्रस्ताव ३
हिन्दुहरुको महान पर्व नजिकिदै गएको छ। यो चाडबाडको समयमा सधैंजस्तो बिजुली बत्ति अनियमित नहोस् भन्ने विभागसँग माग राख्दछ। जनताले निस्चिन्त भएर आफ्नो चाड मनाउन सकुन भन्ने पार्टीको धारणा हो। सरकारले यी कुरामा ध्यान पुर्याओस भनी प्रस्ताव ग्रहण गर्दछ।
प्रस्ताव ४
एसकेएमले चुनाव अघि जनतालाई दिएको बाचा अनुसारको चाड्बाड खर्च ५० हजार प्रदान गरिनुपर्छ भनी माग राख्दै सम्पुर्ण सिक्किमे जनगणमा बडा दशैंको अग्रिम शुभकामना पार्टी व्यक्त गर्दछ भनी प्रस्ताव पास गर्दछ
मंगल प्रसाद न्यौपाने
प्रचार तथा सोसियल मिडिया सचिव
गान्तोक जिल्ला
