सिलगढ़ीमा पुजाको नाममा चन्दा उठाएर दग्दी बिजनबारीका चालकलाई कुटपिट

सिलगढ़ीमा पुजाको नाममा चन्दा उठाएर दग्दी बिजनबारीका चालकलाई कुटपिट

सिलिगुढी: पुजाको चन्दाको निहुमा विगत केहि दिन अधि बिजनबारी क्षेत्रबाट सब्जी बोकेको सिलिगुडी पुगेको वाहनको चालकलाई मध्यरातमा कुटपिट गरि घाइते बनाएको घटना प्रकाशमा आएपछि यस घटनाको चौतर्फी बिरोध भईरहेको थियो।

यसैबीच उक्त घटनालाई लिएर दार्जिलिङ ट्रक ड्राइभर एसोसिएसनले यसबारेमा प्रशासनसमक्ष जानकारी गराएको थियो भने संबंधित पुजा कमिटी तथा ड्राइभर एसोसिएसनबीचमा घटनालाई लिएर एक सभापछि घाइते बनेका ट्रकचालकको सम्पुर्ण अस्पतालमा लागेको खर्च पुजा आयोजक समितिले बिहोर्ने सहमती भएको छ।

यसको साथमा समितिले भावी दिनहरूमा यस्तो अमानवीय कार्य नदोहोर्‍याउने बताउदै पटकपटक बाटोमा चंदा सग्रह गर्नुको साटो कुनैपनि सहयोग चाहिएमा सोझै युनियनसग सम्पर्क गर्ने पुजा कमिटीले बताएको ट्रक ड्राइभर एसोसिएसनले जनाएको छ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *