अभिनेता विजयको र्यालीमा भागदौड, 36 जनाको मृत्यु।

अभिनेता विजयको र्यालीमा भागदौड, 36 जनाको मृत्यु।

तमिलनाडुको करुरमा अभिनेताबाट राजनीतिज्ञ बनेका विजयको र्‍यालीमा भएको भागदौडमा मृत्यु हुनेको संख्या 36 पुगेको छ।

हिजो शनिबार बेलुकी करूरमा ‘तमिलनाडु भेट्टी कजगम’ पार्टीको र्‍यालीलाई सम्बोधन गर्दै गर्दा यो घटना घटेको हो।

मृत्यु हुनेमा आठ बालबालिका र 16 जना महिला रहेको बताइएको छ।

मुख्यमन्त्री एम.के. स्टालिनले मृतकका परिवारलाई प्रतिव्यक्ति 10 लाख रुपैयाँ क्षतिपूर्ति दिने एक विज्ञप्ती मार्फत घोषणा गर्नुभएको छ।

राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे शोक प्रकट गर्नुभएको छ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *