पूर्व जिल्लामा अन्य जिल्लाको लाइसेन्स बोकेर व्यापार, स्थानीय सतर्क

पाकिम जिल्लाको अम्बा–मामरिङ क्षेत्रमा हाल केही दिनयता अन्य जिल्लाबाट प्राप्त व्यवसायिक लाइसेन्स बोकेर व्यापार गर्ने व्यक्तिहरू छ्यापछ्याप्ती गाउँभित्र पसेको देखिएको छ। नाम्ची जिल्लाको तुरुङ–मामरिङ ग्राम पंचायत इकाईबाट जारी गरिएको लाइसेन्स बोक्दै केही व्यापारीहरूले घरेलु सरसामान बिक्री गरिरहेको स्थानीयवासीले बताएका छन्।

यसअघि पनि मामरिङ क्षेत्रमा सानो झोला र एउटा मात्र कपडाको ब्याग बोकेर आएका एक व्यक्तिले आफूलाई सिलिगुडी निवासी भएको बताए पनि स्थानीय युवाले सोधपुछ गर्दा प्रत्येकपटक फरक–फरक परिचय दिएको पाइएको थियो। शंकास्पद जवाफ र गतिविधि देखिएपछि युवाहरूले उनलाई गाउँबाट खेदाएको स्रोतले जानकारी दिएको छ।

गाउँमा व्यापार सञ्चालनका लागि स्थानीय तहको नियमन र छुट्टै प्रावधान रहेको हुँदा भिन्न ठाउँको लाइसेन्स बोकेर गाउँभित्र व्यापार गर्ने तथा बिना अनुमति वस्तु विक्री गर्नेहरूप्रति स्थानीय प्रशासन र वडावासी सतर्क हुन आग्रह गरिएको छ।

अनजान व्यापारी, ठगीको आशङ्का, सावधानी आवश्यक

स्थानीयहरूले अनधिकृत रूपमा घर–घर पुगेर सामान बेच्ने व्यक्तिहरूबाट ठगीको सम्भावना बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेका छन्।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *