विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ।

पुणेको  बारामतिमा बुधबार बिहान उनी सवार विमान दुर्घटना भएको थियो।

दुर्घटनामा परी उनको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।

पवार सवार विमान ल्यान्डिङको प्रयास गर्दा गर्दै  दुर्घटना भएको र उनलाई मृत घोषणा गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

प्रारम्भिक विवरणमा विमानमा उपमुख्यमन्त्रीका साथै चार सुरक्षाकर्मी र पाइलटसमेत गरी ६ जना सवार थिए।

पवार बारामतीतर्फ जिल्ला परिषद् निर्वाचनका लागि चार सार्वजनिक सभाहरू सम्बोधन गर्न जाँदै थिए।

दुर्घटनाको कारण र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *