10
Jan
सिक्किम दार्जिलिङ एकीकरण -टाउको दुखाउने कुरा होइन सचेत रहने गम्भीर विषय हो। 2019 पछि दार्जिलिङ सिक्किम एकीकरणको मुद्दा व्यापक रुपमा सतहमा आएको हो। त्योभन्दा अघि यो मुद्दा मुद्दाको रुपमा न दार्जिलिङमा थियो न सिक्किम मै थियो। उक्त मुद्दालाई सतहमा ल्याउने कसैको हिम्मत थिएन। तर गोर्खा राष्ट्रिय कंग्रेसले सिक्किमका मुख्यमन्त्री पीएस तामाङलाई मिन्तोगाङमा भेट गरेर मेमोरेण्डम चढाएपछिभने यो मुद्दा बाक्लोरुपमा सतहमा आएको हो। एसडीएफ सरकारले दार्जिलिङका जनताको गोर्खाल्यान्डको मागमा समर्थन जनाएर विधानसभामा नै एउटा विल ल्याएर सिक्किमको समर्थन जनाउदै पास गरेको सत्य सबैलाई थाहा भएको कुरा हो। कुनै पनि विभाजनकारी शक्ति,दार्जिलिङ - सिक्किम एकीकरण शक्ति र अन्य अप्रासंगिक शक्तिहरुलाई सरकारको तर्फबाट…
