03
Mar
कवि पुजा छेत्री प्रतिभा प्रेरणा पुरस्कार २०२५ ले सम्मानित ताक्छाङ, पाकिम सिक्किम: 2 मार्च 2025 पाकिम जील्लाको ताक्छाङमा स्थापित कला एवम् संस्कृति विकास परिषद्ले ताक्छाङ प्राथमिक विद्यालयको प्रेक्षालयमा तुलसी काश्यप स्मृति जयन्ती पालन गर्यो ।कार्यक्रम अवधि ताक्छाङ गाउँ कै छोरी कवि पुजा छेत्रीलाई प्रथम प्रतिभा प्रेरणा पुरस्कारले सम्मानित गरियो।प्रतिभा प्रेरणा पुरस्कारमा कदरपत्र, दोसल्ला एवम् नगदराशी पनि प्रदान गरिएको थियो । सिक्किम राज्यका मुख्यमन्त्रीका प्रधान सचिव तथा साहित्यकार डाक्टर शंकरदेव ढकालको मुख्य आतिथ्यमा रहेको कार्यक्रममा मुख्यमन्त्रीका गोपनीय सहायक श्री उर्गेन लेप्चा, तुलसी कश्यप प्रतिष्ठान, सिक्किमका प्रतिनिधिहरु, साहित्यिक युवा बराल अनन्त, बाल साहित्यकार तुलसी घिमिरे, पाकिम बन विभागिय अधिकृत बालकृष्ण धमाला, प्रधानाध्यापक आई…
