15
Feb
लिउडका चर्चित हाँस्य कलाकार राजपाल यादवले गरे सिक्किमको प्राकृतिक सुन्दरता तथा आतिथ्य सत्कारको खुलेर सराहना सिक्किम ब्लू ड्युक फेस्टिवल 2025को हिस्सा बन्न पाउनु आफ्नो निम्ति खुशीको कुरा रहेको गरे मन्त्व्य व्यक्त। रानीपुल नजिक सरम्सा उध्यान परिसरमा आयोजित सिक्किम ब्लू ड्युक फेस्टिवल 2025मा आफ्नो प्रस्तुति दिन गान्तोक आईपुगेका बलिउडका चर्चित हाँस्य कलाकार राजपाल यादवले सिक्किमको प्राकृतिक सुन्दरता तथा आतिथ्य सत्कारको खुलेर सराहना गरेका छन्। आज साँझ सरम्सा उध्यान परिसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको मुग्ध कण्ठले प्रशंसा गरे। यस प्रकारको युवामुखी कार्यक्रम आयोजनको निम्ति उनले लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा लगायत आयोजक पक्षलाई…
