27
Jun
नेपाली विभाग, नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङले रमाइलो रोपाइँको दोस्रो प्रकरण साङ अन्तर्गत तिर्कुताममा सम्पन्न गर्यो। विद्यार्थीहरूलाई पुस्तकीय ज्ञानका अतिरिक्त खेत खलियानको अनुभव गराउनका साथै कृषि-कर्मको महत्त्व र मूल्य-मान्यता बोध गराउने उद्देश्यका साथ यस वर्ष नेपाली सम्मान चौथो सत्रका जम्मा ६० जना विद्यार्थीहरू यस अवसरमा उपस्थित थिए। गत वर्षदेखि थालिएको यो प्रकल्पलाई निरन्तरता दिँदै यस पटकको प्रकरणमा विद्यार्थीहरूले सक्रियताका साथ सहभागिता जनाए। खेतमा धान रोप्ने, हिल्याउने बियाडबाट बिउ उखेल्ने, दाँदै लगाउने, आली अँचिला लगाउने जस्ता सामान्य लाग्ने तर श्रमसाध्य कार्यको महत्त्वबारे विद्यार्थीले क्षेत्रगत भ्रमणबाट नै ज्ञान आर्जन गर्न पाउने ध्येय लिएर यो रमाइलो रोपाइँ आयोजन गरिन्छ। कृषि कर्म सम्बन्धी कतिपय…
