28
May
चुनाउ पछि बस्यो एसडीएफको केन्द्रिय कार्यकारिणी समितिको सभा सिक्किमको गुमेको प्रतिष्ठा फिर्ता गर्न जनताले एसडीएफलाई सरकारमा फिर्ता गर्ने निर्णय गरेका छन् : श्री चामलिङ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ ) अध्यक्ष श्री पवन चामलिङले भने, एसडीएफ पार्टीको पहिलो धर्म र कर्म नै सिक्किमको शान्ति, सुरक्षा सुनिश्चित गर्नु हो। यसैले एसडीएफ पार्टीका कार्यकर्ता र नेताले शान्ति सुरक्षा कायम गर्नुपर्छ। हामीलाई जनताले शान्ति र सुरक्षाका लागि मतदान गरेका छन्, यसैले जनताको विश्वासमा हामी खडा हुनसक्नुपर्छ। मंगलबार इन्दिरा बाईपासस्थित एसडीएफ भवनमा पार्टीको केन्द्रिय कार्यकारिणी समिति (सीईसी)-को सभालाई सम्बोधन गर्दै एसडीएफ अध्यक्ष श्री चामलिङले यस्तो विचार राखेका हुन्। पार्टी पदाधिकारीहरूलाई सम्बोधन गर्दै श्री चामलिङले भने,…
