कोहिमा / मणिपूर राज्यका पूर्व मुख्यमन्त्री एन. विरेन सिंहले हाल सञ्चालनमा रहेको बजेट सत्रबाट बिदा लिएको समाचार प्राप्त भएको छ।
एक विशेष स्रोतका अनुसार केही दिनअघि सुरु भएको सत्रमा उनले प्रारम्भदेखि अन्तसम्म भाग नलिने निर्णय लिएका छन्। यस निर्णयका पछाडि के कारणहरू छन् भन्ने विषय अहिले राजनीतिक वृत्तमा चर्चाको विषय बनेको बताइएको छ।

स्रोतका अनुसार आगामी दिनहरूमा यो घटनाले विरेन सिंहको राजनीतिक करियरमा ठूलो प्रभाव पार्ने वा नपार्ने विषयमा विभिन्न अड्कलहरू लगाउन थालिएको छ।
उल्लेखनीय छ कि विरेन सिंह मुख्यमन्त्री रहेको कार्यकालमा सुरु भएको जातीय द्वन्द्व अहिले पनि पूर्ण रूपमा समाधान हुन सकेको छैन, जसले राज्यको राजनीतिक इतिहासमा गहिरो प्रभाव पारेको मानिन्छ।
— डा. हरिमोहन पोखरेल
कोहिमा, नागाल्यान्ड
