मामरिङमा ८०औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाउन दोस्रो तथा अन्तिम बैठक सम्पन्न “

रिनाक, १२ जुलाई २०२६:
रिनाक निर्वाचन क्षेत्र अन्तर्गत मामरिङ उच्चतर माध्यमिक विद्यालयमा क्षेत्रस्तरीय ८०औँ स्वतन्त्रता दिवस भव्यताका साथ मनाउनका लागि दोस्रो तथा अन्तिम तयारी बैठक आज सफलताका साथ सम्पन्न भएको छ। उक्त गरिमामय बैठकको सभापतित्व श्री हेमेन्द्र अधिकारीले गर्नुभएको थियो।


बैठकमा आगामी स्वतन्त्रता दिवसलाई ऐतिहासिक र भव्य रूपमा मनाउने विषयमा गहन छलफल र विचार-विमर्श गरियो।
यस महत्त्वपूर्ण बैठकमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका राज्य स्तरीय ,तथा जिल्ला स्तरीय ,उच्चपदाधिकारीगण, मुख्यमन्त्रीका गोपनीय सहायक ,युवा सङ्गठन, नारी सङ्गठन, सीएलसी (CLC), बीएलसी (BLC) तथा डब्ल्युएलसी (WLC) का पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यसका साथै जिल्ला पञ्चायत, ग्राम पञ्चायत, स्वयं सहायता समूह (SHG) का सदस्यहरू, आरटीडीएस (RTDS) का सम्पूर्ण अध्यक्ष तथा सदस्यहरू, पाकिम जिल्लाका सबै सरकारी विभागका अधिकारीहरू, पार्टीका समस्त कार्यकर्ताहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू र स्थानीय जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो।

बैठक अवधिभर उपस्थित सम्पूर्ण महानुभावहरूले कार्यक्रमलाई सफल बनाउन आ-आफ्नो महत्त्वपूर्ण विचार र रचनात्मक सुझावहरू राख्नुभएको थियो। पाकिम जिल्लाका विभिन्न विभागबाट उपस्थित प्रतिनिधिहरूले उत्सवलाई व्यवस्थित बनाउन आ-आफ्नो जिम्मेवारी र कर्तव्य पूर्ण रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। व्यापक छलफल पश्चात् आगामी स्वतन्त्रता दिवसलाई भव्यताका साथ पालन गर्ने सर्वसम्मत निर्णय गरियो। आज १२ जुलाई २०२६ का दिन बसेको यस अन्तिम बैठकले अनुमोदन गरेको उक्त नवगठित समितिको आधिकारिक नामावली यसै मिडियामार्फत चाँडै सार्वजनिक गरिने जानकारी गराइएको छ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *