10
Sep
१० सितम्बर २०२५ को दिन एसडीएफ पार्टीको एउटा जरुरी सभा गान्तोक तथा पाक्योङका वरिष्ठ उपाध्यक्ष( प्रभारी बिजय प्रधानको अध्यक्षतामा पार्टी मुख्यालयमा सम्पन्न भयो। सभाले निम्न प्रस्ताव हरुलाई जन- हितका पक्षमा पारीत गरेको छ। १. बिजुली बत्तिको अनियमिता र जनताले भोग्नुपरेको कठिनाई उक्त प्रस्तावका सम्बन्धमा गहन छलफलपछि पुर्व एसडीएफ सरकारले ग्रामीण भेगका जनतालाइ २०० युनिट निशुल्क बिजुली दिदै गरेमा अहिले उक्त बिजुली जनताले खपत गरेको बिजुलीको विलमा अत्यधिक बढेर आउदै गरेको छ।बिजुलीबत्ती अनियमित छ। १५ दिन आउँछ १५ दिन आउदैन तर विलभने नियमित जस्तै बढेर आउने गरेको छ। यस्तो अवस्थाले जनतालाई अत्यधिक मार्का परेको छ।तसर्थ आजको सभाले सरकारको यस्तो गरीब बिरोधि…
