10
Sep
नेपालमा जारी आन्दाेलनलाई ध्यानमा राखेर भारत नेपाल सीमा मिरिकमा शान्ति श्रृङखला कायम राख्न मिरिक पुलिस अनि एसएसबीले नाका चेकिङ शुरू गरेकाे छ। पश्चिम बंगाल पुलिस अनि एसएसबीका जवानहरू हाल सिमावर्ती नाकाहरूमा चाैवकस देखिएकाे छ भने सीमावर्ती क्षेत्रमा हुने कुनै पनि गतिविधिलाई राेक्न गम्भीर देखिएकाे छ। सुरक्षाकर्मीहरूले नाकाहरूमा नियमितरूपमा ओहर दाेहाेर गर्ने वाहनहरूलाई राेकेर तलासी गरिरहेकाे छ भने सन्देहजनक मानिसहरूलाई साेधपुछ गरिरहेका छन। सीमावर्ती क्षेत्रमा कुनै अशान्ति अनि गैरकानुनी क्रियाकलाप नहाेस भनेर नै सुरक्षा कर्मीहरूले उक्त अभियान चलाएकाे बुझिएकाे छ। मिरिक महकुमाकाे धेरैवटा गाँउहरू नेपालसीमा टाँसिएकाे छ।यस्ताेमा उपद्रवीहरूले खुल्ला सीमाकाे लाभ उठाएर कुनै पनि गैरकानुनी कार्य गरेकाे खण्डमा पश्चिम बंगाल पुलिस…
