27
Dec
मुख्यमन्त्रीले गरे पुलिस फाइरिङ रेन्जको निरीक्षण कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले हिजो इम्प्फालको पाङै स्थित पुलिस फाइरिङ रेन्जको निरीक्षण गरेको समाचार छ ।आधिकारिक सुत्रबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्रीले गत दिन असममा पासिङ आउट भएर आएका १० र ११आईआरबी जवानहरुको लागि बनाइएको तत्कालीन निवासको पनि निरीक्षण गरेका छन । निरीक्षण समयमा उनले प्रेसलाई बताए कि कुनै पनि राज्यको विकासमा पुलिसले ठुलो भुमिका निभाएको हुन्छ किनभने आज हामी माथि आइ परेका विभिन्न पीर मर्कामा पुलिसले आफ्नो कर्तव्य निर्वहन गरेको छ ।उनले अगाडि थपे कि भर्खरै नियुक्ति पाएर आएका जवानहरूलाई भने विशेष तालिम दिएर ठुलो जिम्मेवारी सुम्पिने छ ।उनले अगाडि थपे…
