29
Sep
कोहिमा सुन्दा अचम्म लाग्न सक्छ किनभने भारतीय गोर्खालीहरुलाई समय -समयमा कोहिमा पुलिसले शिकार बनाउदै आएको छ ।गत दिन कोहिमा जिल्ला अन्तर्गत हाईस्कुलमा पनि सोही घटना घटेको छ ।जिल्ला मुख्यालय कार्यालय कोहिमाबाट पठाएको टोलिले बिहान पास चेकिङ अर्थात आइएलपी चेकिङ समयमा चारजना भारतीय गोर्खालीहरुलाई पक्राउ गरेको र प्रति व्यक्ति पाँच सय रुपियाँ लिएको खबर छ ।प्राप्त समाचार अनुसार उनीहरू चारजना भने एउटा दोकानमा काम गर्ने थिए ।उनीहरूले प्रेसलाई बताए कि हामीहरू दुईजना दिमापुर बस्ने एकजना कोहिमा र एकजना भने मणिपुर बस्ने र काम भने एकजग्गामा गर्ने बताए ।उनीहरूले अगाडि भने कि हामीहरु भारतीय गोर्खाली हो र हामी दिमापुर -मणिपुर बस्ने हो…
