03
Jun
डोह ङाग छोइ खोर्लिङ गुम्बाले आज छेतर पुजाको आयोजना गरेको थियो। बौद्ध धर्म परम्परा अनुसार, छेतर पुजालाई आयु वरदान मानिन्छ। र धार्मिक परम्परा अनुसार नदीमा माछा दान गरेर आयु वरदानको पुजापाठ गरिन्छ।यसै पुजा सम्पन्न गराउन आज सिलगडीको गुरूङ नगरमा अवस्थित उक्त गुम्बाबाट धर्मगुरूहरूको एउटा टोलीसँगै भक्तजनहरू गजलडोबा पुगेका थिए।गुम्बा सञ्चालन समितिका अध्यक्ष डीबी योञ्जनले आज सम्पन्न भएको पुजा बारे जानकारी दिँदै भने, “हाम्रो धर्ममा यो पुजा एकदमै महत्त्वपूर्ण छ। आयु वरदानको पुजा हामीले प्रत्येक वर्ष गर्दै आइरहेका छौँ। वरदानको लागि माछा दान गर्न हामी आज टिस्टा नदीमा आएका छौँ। यो नदी एतिहासिक साथै संस्कृतिक रूपमा पनि हाम्रो निम्ति महत्त्वपूर्ण छ”।गुम्बाका…
