23
Dec
सिक्किमका सम्पुर्ण चर्चहरूको संयुक्त तत्वावधानमा आज पाक्योङ जिल्ला अन्तर्गत रम्फु खेल मैदानमा राज्य स्तरीय प्री क्रिसमस समारोह विविध ख्रिष्टीय गीत संगीतका साथ पालन गरियो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। वहाँको साथमा पुर्व विधायक एवं मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णा कुमारी राई, सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्याक्ष राजुकुमारी थापा, राज्य मन्त्रीमण्डलका सदस्यगण, विधायकगण, सल्लाहकार एवं अध्यक्षगण, अन्य अधिकारीवर्ग, बिशप अनि बरिष्ठ पास्टर, राज्यका सम्पुर्ण चर्चहरूबाट आएका पास्टरवर्ग लगायत भारी संख्यामा ख्रिष्ट भक्तहरूको उपस्थिति रहेको थियो। रम्फु खेल मैदानमा आयोजित दोश्रो राज्य स्तरीय प्री-क्रिसमस समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले क्रिसमस पर्वको सबैलाई हार्दिक बधाई…
