12
Nov
मुख्यमन्त्रीले गरे प्रोफेसनेल कोर्स कोचिङ स्किमको सुरुवात कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन विरेन सिंहले गत केही दिन अगाडि प्रोफेसनेल कोर्स स्किमको आरम्भ गरेको समाचार छ । प्राप्त समाचार अनुसार अखिल भारतीय स्तरका परीक्षाहरु जस्तै JEE र NIIT को परीक्षाको समयमा विद्यार्थीहरुले झेल्नुपरेको विभिन्न समस्याहरुलाई समाधान गर्ने सरकारको प्रयास रहेको कुरा थाहा भएको छ ।समारोहमा बोल्दै मुख्यमन्त्री विरेनले भने कि विशेष गरेर JEE र NIIT एवं अन्य प्रोफेसनेल कोर्सको लागि आफ्नो स्तरमा प्रयास गरे तापनि सरकारले मद्दत गर्नु हाम्रो कर्तव्य रहने छ ।उनलेे अगाडि थपे कि अब देखि सरकारले यस्तो विद्यार्थीहरुलाई विद्यार्थी अनुदानको रूपमा मासिक चार हजार पाँच सय रुपियाँ दिने…
