13
Jul
पाकिम जील्ला स्तरीय २१० औं भानु जयन्ती आज पाकिम स्थित सन्त जेवियर पाठशालाको प्रेक्षागृहमा सम्पन्न भयो।पाकिम बजार छेउमा रहेको सामुदायिक भवनको प्राङ्गणमा अवस्थित बाटिकामा रहेको आदिकविको सालिकमा माल्यार्पण गरे पश्चात विभिन्न सांस्कृतिक झाँकी सहितको शोभायात्रा सन्त जेवियर पाठशालाको प्रेक्षालयमा आएर स्थगन गरिएको थियो।कार्यक्रम सिक्किम प्रतिभा प्रतिष्ठान पाकिमको तत्वावधानमा सम्पन्न भएको थियो। सिक्किम एकाडेमीका अध्यक्ष एस• आर• सुब्बा 'खेजुम' को सभाध्यक्षतामा सुरु भएको कार्यक्रममायस अवधि नाम्चेबुङ समष्टिका विधायक तथा शिक्षा मन्त्री श्री राजु बस्नेत मुख्य अतिथि थिए भने विशिष्ट अतिथिहरुमा नाथाङ माछोङ समष्टि विधायिका श्रीमती पामिन लेप्चा, पाकिमका जिल्लापाल, अतिरिक्त जिल्लापाल, खण्ड विकास अधिकारी आदि रहेका थिए।जिल्ला स्तरीय कार्यक्रम रहेका जिल्ला…
