29
Jun
पुस्तक समिक्षा : क्यान्भास्को छितिज नयाँ स्वादका कविता :--क्यान्भास्को छितिज मणिपूरको धरातलमा साहित्यको बिरुवा समय -समयमा नउब्जिएको होइन तर समय र परिस्थितिले गर्दा कोही त्यसको गर्भमा परी समाप्त हुन पुगे भने कोहीले भने मन पनि मारे । हालको केही वर्षमा मणिपूरमा भने युवा पुस्ताका सर्जकहरु नउदाएको होइनन् सोही हाराहारीमा कविताको नौलो स्वाद लिएर आएको कवि हुन सुरज चापागाईं।चापागाईंले आफ्नो कवितामा सोही धरातल बीचमा मान्छे द्वारा भोगीएका विभिन्न प्रकारका समस्याहरुलाई शब्दमा सजाएको पाइन्छ ।जीवन खोला हो र त्यसको धुन संग आफू पनि रमाउनुको अलग्गै एउटा पहिचान बन्निन्छ भन्ने कुरा गरेको पाइन्छ यसरी --ए खोलामलाई पनि त संगै बग्न देतेरो धुनमा बग्न…
