Sikkim

श्रीमती र छोराको हत्या गरी आफू पनि आत्महत्या गरे।

श्रीमती र छोराको हत्या गरी आफू पनि आत्महत्या गरे।

श्रीमती र छोराको हत्या गरी आफू पनि आत्महत्या गरे। सिलिगुढी समरनगर बहुबजार इलाकामा श्रीमती र छोराको हत्या गरी आफू पनि आत्महत्या गरेको घटनाले इलाकामा सनसनी मच्चिएकोछ। श्यामल रायले आफ्नो श्रीमती पुष्पा राय र छोरा पिन्टु रायलाई हत्या गरी आफू पनि आत्महत्या गरेको घटना घटेको छ। घटनाको खबर पाउनासाथ पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरी पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज वा अस्पताल पठाएका छन्। पुलिस जाँचमा जुटेका छन्। घटनास्थलमा मानिसहरूको व्यापक भीड रहेको छ।
Read More
सिक्किममा विश्वको सबैभन्दा ठूलो बामफोक प्रदर्शित

सिक्किममा विश्वको सबैभन्दा ठूलो बामफोक प्रदर्शित

सिक्किमको सांस्कृतिक धरोहरको दुर्लभ विश्वको सबैभन्दा भारी एवम् ठूलो बाम्फोक वा बानपोक प्रदर्शन गरिएको छ । यसको कुल वजन ३३ किलोग्राम रहेको र ६ फिट २ इन्च उचाइ एवम् १० इन्च चौडाइको छ । उत्तर सिक्किमको नागामा रहेको लेप्चा सांस्कृतिक केन्द्रमा प्रदर्शित यो परम्परागत चक्कु प्रबल लोहातत्वबाट बनाइएको हो र यसको ह्यान्डल (handle) र आवरण सुङ्ली कुङ र साम्ब्राङ कुङका काठबाट बनाइएको हो । यस्तो प्राचीन उपकरण, जसलाई बाम्फोक वा "बान्टोक" पनि भनिन्छ, लेप्चा समुदायका लागि शताब्दीयौंदेखि महत्त्वपूर्ण हतियारका रुपमा मानिन्छ । यो उपकरण कृषि उपकरणका रुपमा, जंगल फडानी गर्ने र आफ्नो भूमि रक्षा गर्ने कार्यमा प्रयोग हुन्थ्यो। लेप्चा समुदायको…
Read More
बिरिङ दुर्गा मन्दिरमा भोलीबाट श्रीमद् देवि भागवत महापुराण एवम् नवाह ज्ञान महायज्ञको आरम्भ ।

बिरिङ दुर्गा मन्दिरमा भोलीबाट श्रीमद् देवि भागवत महापुराण एवम् नवाह ज्ञान महायज्ञको आरम्भ ।

बिरिङ दुर्गा मन्दिरमा भोलीबाट श्रीमद् देवि भागवत महापुराण एवम् नवाह ज्ञान महायज्ञको आरम्भ । पाकिम जील्लाको लोवर बिरिङमा अवस्थित श्री श्री श्री दुर्गा मन्दिर संचालन समितिको आयोजनामा भोली यानी १६ जनवरी २०२५ का दिनदेखि श्रीमद् देवी भागवत महापुराण एवम् सप्ताह ज्ञान महायज्ञको आरम्भ भएको छ ‌ । यो महापुराणको कलश यात्रा आज बिहान 10 बजे शुभारम्भ भइ अपरान्ह 3:30 बजे समापन भएको थियो ।महापुराण स्थल लोवर बिरिङबाट शुरु भएको कलश यात्रा लोवर तारेथाङ,कैजले, ताजा, रोडाथाङ तारपनि, रिनाक हुँदै सिक्किम र पश्चिम बङ्गालको सिमानामा रहेको उत्तर वाहिनी नदि रेशी नदिबाट घडामा जल उठाएर श्रद्धालु भक्तजनहरु जल भरिएको घडा लीएर रोडाथाङ, कैजले,…
Read More
सिक्किम दार्जिलिङ एकीकरण -टाउको दुखाउने कुरा होइन सचेत रहने गम्भीर विषय हो।

सिक्किम दार्जिलिङ एकीकरण -टाउको दुखाउने कुरा होइन सचेत रहने गम्भीर विषय हो।

सिक्किम दार्जिलिङ एकीकरण -टाउको दुखाउने कुरा होइन सचेत रहने गम्भीर विषय हो। 2019 पछि दार्जिलिङ सिक्किम एकीकरणको मुद्दा व्यापक रुपमा सतहमा आएको हो। त्योभन्दा अघि यो मुद्दा मुद्दाको रुपमा न दार्जिलिङमा थियो न सिक्किम मै थियो। उक्त मुद्दालाई सतहमा ल्याउने कसैको हिम्मत थिएन। तर गोर्खा राष्ट्रिय कंग्रेसले सिक्किमका मुख्यमन्त्री पीएस तामाङलाई मिन्तोगाङमा भेट गरेर मेमोरेण्डम चढाएपछिभने यो मुद्दा बाक्लोरुपमा सतहमा आएको हो। एसडीएफ सरकारले दार्जिलिङका जनताको गोर्खाल्यान्डको मागमा समर्थन जनाएर विधानसभामा नै एउटा विल ल्याएर सिक्किमको समर्थन जनाउदै पास गरेको सत्य सबैलाई थाहा भएको कुरा हो। कुनै पनि विभाजनकारी शक्ति,दार्जिलिङ - सिक्किम एकीकरण शक्ति र अन्य अप्रासंगिक शक्तिहरुलाई सरकारको तर्फबाट…
Read More
सिक्किम – दार्जीलिङ विलय : नहुने कुरामा किन टाउको दुखाउनु??

सिक्किम – दार्जीलिङ विलय : नहुने कुरामा किन टाउको दुखाउनु??

सिक्किम - दार्जीलिङ विलय : नहुने कुरामा किन टाउको दुखाउनु?? यस विषयमा मलाई त्यति बेसी बोल्ने मन छैन कारण आजभन्दा लगभग दुई वर्ष अघि The Himal World को चर्चा चौतारी कार्यक्रममा " सिक्किम दार्जीलिङ विलय पटक्कै नहुने कुरा हो अनि यो भविष्यमा पनि सम्भव छैन " भनेर मैले किटान गरिसकेको छु। आज पनि मेरो अड़ानलाई सागरमाथा जस्तो अझ अटल र उच्च बनाएर भन्नु चाहन्छु कि- सिक्किम - दार्जीलिङको विलय न हिजो सम्भव थियो, न आज सम्भव छ, न भविष्यमा नै सम्भव हुनेछ। सिक्किमका नेताहरु अनि आम जनता यसको पक्षमा छैनन् अनि दार्जीलिङका नेताहरु र जनता स्वयं पनि यसको पक्षमा छैनन्।…
Read More
IRB Jawan Joseph Sharma from Sikkim Shines in Top 6 of ‘Himalayan Roadies’ Season 6

IRB Jawan Joseph Sharma from Sikkim Shines in Top 6 of ‘Himalayan Roadies’ Season 6

IRB Jawan Joseph Sharma from Sikkim Shines in Top 6 of 'Himalayan Roadies' Season 6 Joseph Sharma, an Indian Reserve Battalion (IRB) Jawan hailing from Majitar, Sikkim, has made it to the top 6 of the renowned reality show 'Himalayan Roadies' Season 6. His extraordinary journey, marked by resilience, determination, and strength, has captivated audiences across the region, earning him widespread admiration.
Read More
नामफीङ छलमथाङमा छोरीहरूले गरे अन्तेष्टि क्रिया : एक मार्मिक घटना

नामफीङ छलमथाङमा छोरीहरूले गरे अन्तेष्टि क्रिया : एक मार्मिक घटना

नामफीङ छलमथाङमा छोरीहरूले गरे अन्तेष्टि क्रिया : एक मार्मिक घटना सिक्किम राज्यको गान्तोक जिल्ला अन्तर्गत छलमथाङमा उप्रेती परिवारले भोग्नु परेको विधिको विधान अत्यन्त मार्मिक छ। जन्मदिने बाबा-आमाको काखमा जन्मिएका चार छोरीहरूले नेपाली हिन्दु संस्कृति मै एक अतुल्य उदाहरणको कार्य सम्पन्न गरे। गान्तोकको एसटीएनएम अस्पतालमा आईसीयू मै उपचाराधीन रहेकी माता नर माया उप्रेतीको निधनको दुखद घटना पछि मातृ वियोगको पारम्परिक अन्तेष्टि क्रिया गर्ने विषय लिएर माहौल अनभिज्ञ थियो। अब अन्तेष्टि क्रियाको भार पुत्र नभएको परिवारमा कस्ले उठाउलान भन्ने जिज्ञासा र गोपनीय खोज एक आपसी अन्तरक्रियामा महसुस भइरहेको थियो। एक तर्फ मातृ वियोगको पिड़ा छँदैछ। भोली डिस्चार्ज भएर आमा घर फर्किने उमंगमा…
Read More
मणिपूर राज्य सरकारले गर्‍यो मजदुरहरुलाई सहयोग

मणिपूर राज्य सरकारले गर्‍यो मजदुरहरुलाई सहयोग

राज्य सरकारले गर्‍यो मजदुरहरुलाई सहयोग 9 January 2024 कोहिमा /मणिपूर सरकारले हिजो राज्यका विभिन्न तप्काका मजदुरहरुलाई एक पटक सरकारको तर्फबाट सहयोग गरेको समाचार छ ।मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार सहयोग राशि बितरण कार्यक्रममा बोल्दै उनले भने कि मजदुरहरुको दु:खलाई ध्यानमा राखेर नै सरकार एक पटक सहयोग गर्दै प्रत्येक मजदुर लाई पाँच हजार सहयोग गरेको छ । उनले अगाडि थपे कि राज्यको स्थिति भने चिन्ताजनक भए पनि सरकार जनताको हरेक दुख-दर्दमा उभिएर काम गरिरहेको छ ।उनले अगाडि थपे कि सरकारले ग्रामीण स्तरमा रोजगारी र आत्मनिर्भर बनाउने प्रयास गरेको छ भने गरीबीको स्तरमा भने सुधार ल्याउने पनि प्रयास गरेको छ । उनले…
Read More
Pawandeep Rajan to Perform at Maghey Sankranti Mela 2025 in Jorethang on 21st of January.

Pawandeep Rajan to Perform at Maghey Sankranti Mela 2025 in Jorethang on 21st of January.

Pawandeep Rajan to Perform at Maghey Sankranti Mela 2025 in Jorethang on 21st of January. The scenic town of Jorethang is gearing up for the Maghey Sankranti Mela 2025, with Indian Idol Season 12 winner Pawandeep Rajan set to headline the event. Known for his soulful voice and captivating performances, his live concert is expected to be a highlight of the festival. Maghey Sankranti Mela celebrates Sikkim’s vibrant cultural heritage with traditional dances, music, and local cuisine. Fans are encouraged to arrive early for this much-awaited performance.
Read More
भारतमा एचएमपी भाइरस संक्रमितको सङ्ख्या पुग्यो 8

भारतमा एचएमपी भाइरस संक्रमितको सङ्ख्या पुग्यो 8

भारतमा एचएमपी भाइरस संक्रमितको सङ्ख्या 8 पुगेको छ। मंगलबार, महाराष्ट्रको नागपुरमा 2 संक्रमित फेला परेका छन्। यहाँ 13 वर्षीया बालिका र 7 वर्षीय बालकमा सङ्क्रमण देखिएको छ। दुवै जनालाई लगातार रुघाखोकी र ज्वरो आइरहेको थियो। त्यसपछि निजी प्रयोगशालामा परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आयो। यिनीहरूलाई अस्पताल भर्ना चाँहि गर्नु नपरेको र स्थिति नियन्त्रणमा रहेको बताइएको छ। एक दिनअघि कर्नाटक र तमिलनाडुमा 2/2 जना, पश्चिम बंगाल र गुजरातमा 1/1 जना गरी 6 जनामा ​​भाइरसको संक्रमण देखिएको थियो। तीमध्ये अधिकांश बालबालिका छन्। केन्द्रले राज्यहरूलाई इन्फ्लुएन्जा जस्तै रोग र एक्यूट रेस्परेटरी जस्ता श्वासप्रश्वाससम्बन्धी रोगहरूको निगरानी बढाउन र ह्यूमन मेटापन्यूमोभाइरसको रोकथामबारेमा सचेतना फैलाउन सल्लाह…
Read More